मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको साधारणसभा सम्पन्न

हेटौंडा, मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समितिका अध्यक्ष लालकाजी बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा-९ नम्वर वडा अध्यक्ष सुक्राम केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका केसीले तेक्वान्दो खेलमा छनौट भएका खेलाडीलाई नगद ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।समितिका अध्यक्ष लालकाजि बज्राचार्य वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सचिव विक्रम लामिछानेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश तेक्वान्दो सघंका कवि मालाकार , जिल्ला खेल्कुद बिकास समिति मकवानपुरका अध्यक्ष भेष खड्गी , तेक्वन्दो मकवानपुरका सस्थापक गुरु दिलिप राजथला, नेपाल तेक्वान्दोका केन्द्रीय सदस्य दिपेन्द्र चन्द ठकुरीलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya