२१ जनाले गरे हेटौंडामा रक्तदान

हेटौंडा, शनिवार मकवानपुर घर जग्गा व्यवसायी संघको पहिलो बिशेष साधारण सभाको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रगत दिएका हुन् ।

ADVERTISEMENT

रक्तदान गर्ने मध्य घर जग्गाको कारोबार गरीरहेका हेटौंडा–९ का व्यवसायी रमेश गेलाल र उनका श्रीमती ससिता दंगालले आफ्नो १२ औं बैवाहिक बर्षगाँठको सन्दर्भमा कार्यक्रममा पहिलो रक्तदान गरेका थिए । घर जग्गा व्यवासयी संघ मकवानपुरको अध्यक्ष कमलराज मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा आफ्नो धारणा राख्दै महासंघ मकवानपुरका अध्यक्ष गौतमले संघले थालेको समाजिक कामको प्रशंसा गर्दै फरक पहिचानका लागि यस्ता काम गर्न जरुरी रहेको बताए ।

संघका उपाध्यक्ष पवनराज तिमल्सिनाले स्वागत गरेको कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिंह रानाभाट, कपडा तथा तयारी पोशाक व्यवसायी संघका अध्यक्ष नेत्रप्रसाद खतिवडा, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष रबिन्द्र घिमिरे, घरजग्गा व्यवसायी संघका सल्लाहकार हेमप्रसाद अघिकारीको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *