महोत्सवमा आज एथ्लेटिक्ल खेल हुने

हेटौंडा, आज विहीबारबाट हेटौंडामा बृहत खेलकुद तथा व्यापार महोत्सव शुरु हुँदैछ । खेलकुद महोत्सवमा खेलकुदका विभिन्न प्रतियोगिताहरु आयोजना हुँदैछ ।

ADVERTISEMENT

आयोजकले महोत्सवमा हुने सबै प्रतियोगिताको तयारीलाई तीव्र पारेको छ । उद्घाटनको दिन एथ्लेटिक्स हुनेछ भने ६ गते शुक्रबार जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेछ । यस्तै ७ गते जिल्लास्तरीय तेक्वान्दो, ८ गतेबाट अन्तर जिल्ला महिला फुटबल, ९ गते राष्ट्रिय तेक्वान्दो, १० गते क्युकोसिन र आइटिएफ, ११ र १२ गते राष्ट्रिय उसु, १२, १३ र १४ गते पिप्ले क्याम्पा रंगशालामा हक्की, १३, १४, १५ र १६ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिता, १३ गते महिला र पुरुषको रेस्लिङ तथा १७ गते कबड्डी प्रतियोगिता हुनेछ ।

‘महोत्सवमा हुने खेलहरुका लागि सम्बन्धित खेलकुद संघसँगको सहकार्यमा काम भैरहेको छ’, महोत्सव मूल आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले भने, ‘सबै खेलकुद प्रतियोगिता हेर्न र मेलाको अवलोकन गर्नका लागि आम जिल्लाबासीलाई अनुरोध गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *