५० घर परिवारलाई चैनपुर जेसीजद्वारा कम्बल वितरण

हेटौंडा, चैनपुर जेसीज मनहरीले शनिबार कम्बल वितरण गरेको छ । मकवानपुरको पश्चिमी क्षेत्रका युवाहरुलाई समेट्दै स्थापना भएको चैनपुर जेसीजले शनिबार मनहरी गाउँपालिका–५ स्थित शिखरबासमा पुगेर ५० घर परिवारलाई कम्बल वितरण गरेको हो ।

ADVERTISEMENT

पोषक ब्रिडर फार्म प्रालि हेटौंडा–१७, हटिया र ओसीबी पैलेट हेटौंडाको सहयोगमा जेसीजले जाडोबाट प्रभावित परिवारलाई कम्बल वितरण गरेको हो । जेसीज अध्यक्ष रविन ढकालका अनुसार वडाको आग्रह अनुसार स्थानीयसँग समन्वय गरी कम्बल वितरण गरिएको हो । मनहरी–५ का वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा भएको कम्बल वितरण कार्यक्रममा मकवानपुरका युवा व्यवसायी तथा उद्योग बाणिज्य संघ मकवानपुरका उपाध्यक्ष राजु अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।

जेसीज कार्यकारिणी उपाध्यक्ष सुरेश गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यत्रममा जेसीज अध्यक्ष ढकालको सभाध्यक्षता रहेको थियो । कार्यक्रम संयोजक प्रदीप थापा रहेका थिए ।

ADVERTISEMENT

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya