क्षेत्रीय कारागार भीमफेदीबाट १४ कैदीले पाए माफी

हेटौंडा , मकवानपुरमा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट १४ जना कैदी थुनामुक्त भएका छन् । संविधान दिवसको अवसरमा बुधबार सरकारले देशभरका ६७० जनाको कैदीको कैद मिनाहा गर्ने क्रममा भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएका हुन् ।

ADVERTISEMENT

कारागारमा कैदी जीवन बिताइरहेका ४० देखि ५० प्रतिशत कैद भुक्तान गरेका तथा असल आचरण भएका १४ जना कैदी थुनामुक्त भएको जेलर तीर्थराज पौडेलले बताए । थुनामुक्त हुनेमा मकवानपुरका ६ जना रहेका छन् । ठगी मुद्दामा सजाय भोगिरहेका हेटौंडा–११ का पूर्णभक्त लामा, डाँका मुद्दामा कैद भुक्तान गरिरहेको मकवानपुरगढी– ८ का प्रेमबहादुर स्याङ्तान, नकवजनी मुद्दामा कैद भुक्तान गरिरहेका इन्द्रसरोवर गाउँपालिका–३ का अष्ट वाइबा, हेटौंडा–११ का राजकुमार तामाङ, राक्सिराङ गाउँपालिका–८ का कृष्णलाल थिङ र इन्द्रसरोवर गाउँपालिका–३ का बुद्धिमान सिंह ब्लोन रहेका छन् ।

यसैगरी कर्तव्य ज्यान मुद्दामा कैद सजाय काटिरहेका तनहुँका भानु नगरपालिका–६ का सुकबहादुर नेपाली, खुन–डाँका मुद्दामा सजाय भोगिरहेका नवलपरासी रामग्राम नगरपालिका–१६ का बृजनन्दन राजभर, कर्तव्य ज्यान मुद्दाका धनुषा नगराइन नगरपालिका–८ का ललन पासवान र लमजुङको राइनास नगरपालिका–८ का प्रकाश नेपाली रहेका छन् ।

ADVERTISEMENT

कर्तव्य ज्यान मुद्दाका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–३ का बसन्त खड्का, नकवजनी चोरी मुद्दाका नवलपरासी देवचुली नगरपालिका–१५ का अर्जुन थापामगर, चोरी मुद्दाका काठमाडौंको चन्द्रागिरि नगरपालिका–७ का संजीतबहादुर बाग्दास र नकवजनी चोरी मुद्दाका भारतका जाफिर खान रहेको जेलर पौडेलले बताए । (स्रोतः इकान्तिपुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *