आजबाट मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता, मकवानपुर र नवजनजागृति भिड्ने

हेटौंडा, आजबाट हेटौंडामा पाँचौ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुँदैछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजना तथा यहाँका स्थानीय तह र अन्य विभिन्न सहयोगी संघसंस्थाको सहयोगमा प्रतियोगिता हुँदै आएको हो ।

ADVERTISEMENT

उद्घाटन खेल घरेलु टिम मकवानपुर ११ र नवजनजागृति युवा क्लव सिमराको बीचमा हुनेछ । यस पटकको गोल्डकपमा एउटा विदेशी, ७ वटा ए डिभिजन र ४ वटा मोफसलका गरी १२ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा मकवानपुर र सिमरासहित त्रिभुवन आर्मी फुटबल क्लव, नेपाल एपिएफ क्लव, सातदोबाटो क्लव, मनाङ मस्र्याङ्दी क्लव, फ्रेण्ड्स क्लव, हिमालयन् शेर्पा क्लव, एनआरटी क्लव, बागमती युवा क्लव सर्लाही, बीरगञ्ज युनाइटेड र एभिनियर एफसी क्यामरुनको सहभगिता रहेको छ । आयोजकले बिहीबार नै प्रतियोगिता स्थलमा पत्रकार सम्मेलन गरी खेलको सम्पूर्ण तयारी पूरा भैसकेको जानकारी दिएको थियो ।

‘प्रतियोगिताको सम्पूर्ण तयारी सक्काइसकेका छौं । हेटौंडा उपमहानगरपालिकाका मेयर र उपमेयरले संयुक्त रुपमा प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ’, आयोजक मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले भने, ‘हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा सहभागी भै खेलाडीको हौसला बढाउनुका साथै मकवानपुर गोल्डकपलाई सफल बनाइदिनुहुन आम जिल्लाबासीमा अनुरोध गर्दछु ।’ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड (बुलेट) मोटरसाइकल पाउनेछन् भने विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । मकवानपुर गोल्डकपको अघिल्लो संस्करण त्रिभुवन आर्मी फुटबल क्लवले जितेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya