माघ १५ गते जिल्लास्तरीय पुरुष शिक्षक दौड तथा महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने

हेटौँडा, सहिद दिवस-२०८० को अबसरमा जिल्लास्तरीय पुरूष शिक्षक ३ हजार मिटर दौड तथा महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ । माघ १५ गते, विहान ७ बजे हुप्रा चौरबाट शुरू हुने प्रतियोगिता हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठनको व्यवस्थापनमा हुनेछ ।

ADVERTISEMENT

सहिद दिवस सप्ताहव्यापी क्रार्यक्रम अन्तरगत विध्यालयबाट नै खेलकुदको प्रवर्द्वन गर्ने उदेश्यले शिक्षक केन्द्रीत प्रतियोगिता आयोजना गरिएको ४ नं. वडा अध्यक्ष नवीन सिग्देलले बताए । शिक्षकहरू खेलकुदप्रति आकर्षित भए, स्वत विध्यार्थीहरूको खेलप्रति रूचि बढ्ने भएकोले प्रतियोगिता आयोजना गरिएको वडा अध्यक्ष सिग्देलको भनाई रहेको छ ।

प्रतियोगितामा पुरूष शिक्षक तर्फ दौडमा प्रथम् ७ हजार, द्वितीय ५ हजार, तृतीय ३ हजार, चौथो २ हजार र सान्त्वना १ हजार र महिला शिक्षक तर्फ स्लो स्कुटी प्रतियोगितामा प्रथम् ७ हजार, द्वितीय ५ हजार र तृतीय ३ हजार पुरस्कार रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्रीराम दाहालले जानकारी दिँदै शिक्षकहरूलाई प्रतियोगितामा सहभागी हुनको लागि अनुरोध गरेका छन् ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya