नवोदय विद्यालयका ७१ जना विद्यार्थी दीक्षित

हेटौँडा, हेटौँडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले पूर्वप्राथमिक तहको अध्ययन पूरा गरेका विद्यार्थीलाई दीक्षित गरेको छ । सोमबार विद्यालले एक कार्यक्रमका बीच पूर्व प्राथमिक तह अध्ययन पूरा गरेका ७१ जना विद्यार्थीलाई दीक्षित गरिएको हो ।

ADVERTISEMENT

दीक्षान्त समारोहमा उपस्थित अभिभावकहरूले आफ्ना नानीबाबुलाई प्रमाणपत्र वितरण गरेका थिए । पूर्व प्राथमिक तह संयोजक अलिसा जोशीको अध्यक्षतामा भएको कार्यक्रममा युकेजी तहको अध्ययन पूरा गरेका विद्यार्थीले नृत्य, गायन र नाटक प्रस्तुति दिइएका थिए । यही चैत २४ गते विद्यालयले पूर्व प्राथमिक तहको नतिजा प्रकाशन गरी सोमबार दिक्षान्त कार्यक्रम आयोजना गरेको पूर्व प्राथमिक तह संयोजक जोशीले जानकारी दिइन् ।

कक्षा नर्सरी देखि यूकेजी सम्म अध्ययन गरेकी अनुष्का वाग्लेले आफ्नो अनुभव अभिभावकसक्षम प्रस्तुती दिइएकी थिइन् । कार्यक्रमा यूकेजीका विद्यार्थी नमन उप्रेतीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्याव्सन नगर सचिव तथा मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदिप गिरी, विद्यालयका माध्यमिक तह शैक्षिक संयोजक सिएम रिमाल, प्राथमिक तह शैक्षिक संयोजक सचिता पाण्डेलगायतको आतिथ्य रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *