मनहरी गाउँपालिकाको गर्भवती महिला लक्षित कार्यक्रम

हेटौंडा, मनहरी गाउँपालिकाले गर्भवती महिला लक्षित कार्यक्रमको सुरुवात गरेको छ । बुधबार मात्रै गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले स्वास्थ्य शाखालाई भिडियो एक्स रे मेशीन हस्तान्तरण गरी वडाका स्वास्थ्य संस्थामार्फत सहज सेवा दिन निर्देशन दिए ।

ADVERTISEMENT

ग्रामिण भिडियो एक्स रे सेवा मार्फत प्रत्येक वडाका गर्भवती महिलाहरुले नजिकैको स्वास्थ्य चौकिबाट निशुल्क सेवा प्राप्त गर्ने स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले जानकारी दिए । यसअघि दुर्गम गाउँका मानिसहरु सदरमुकाम सम्म पुगी सेवा लिन बाध्य थिए । गर्भवती जस्तो कष्टकर अवस्थामा दुरदराजका विपन्न महिलाहरुले ठुलो रकम खर्च गरी सदरमुकामसम्म पुग्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

यस्ता कार्यक्रमले गरीव महिलाहरुलाई ठुलो टेवा पुगेको स्थानीयहरु बताउँछन् । साथै गाउँपालिकाले गर्भवती महिलाहरुलाई पुर्ण संस्थागत सुत्केरी सेवाका लागि निशुल्क एमबुलेन्स सेवाको पनि व्यवस्था गरेको छ । राज्यले पुर्ण संस्थागत सुत्केरीका लागि नियमित जाँच गरेवापत भत्ता स्वरुप २ हजार ८ सय रुपैयाँ दिँदै आएको छ । यसमा थप सहयोगका लागि गाउँपालिकाले निशुल्क एम्बुलेन्स सेवा दिएको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । यस्तै गर्भवती महिलाहरुको पिसाब तथा रगत जाँच सेवा पनि गाउँपालिकाले निशुल्क गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya