यू १६ प्रदेश क्रिकेट छनौट प्रतियोगिता : मकवानपुरे टोली विदाई

हेटौंडा, १६ वर्षमुनिका प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगिताको लागि मकवानपुर क्रिकेट संघले मंगलबार मकवानपुरे खेलाडीलाई बिदाई गरेको छ ।

ADVERTISEMENT

मनमोहन मेमोरियल कप क्रिकेट सेन्टरको आयोजनामा माघ २८ गतेदेखि फागुन ६ गतेसम्म हुन लागेको प्रदेश स्तरीय मनमोहन कप प्रतियोगिताको लागि बागमती क्रिकेट संघले खेलाडी छनौटको लागि खेल तालिका सार्वजनिक गरेको छ ।

जसमा माघ २४ गते मकवानपुरले नुवाकोटसँग र माघ २५ गते मकवानपुरले काठमाडौंसँग खेल्ने छ ।समूह ए मा काठमाडौं, नुवाकोट र मकवानपुर जिल्ला रहेको छ भने समूह बीमा ललितपुर, भक्तपुर र चितवन जिल्ला रहेका छन् । मकवानपुर क्रिकेट टिमका खेलाडी तक्षक सिम्खडा टिम कोच र टिमका म्यानेजर विमर्श ओझाको नेतृत्वमा १२ जना मकवानपुरे खेलाडी मंगलबार काठमाडौं प्रस्थान गरेका हुन् ।

ADVERTISEMENT

मकवानपुरे टिममा रोहित ठाकुर, राज खतिवडा, आवर्त भट्टराइ, शिवम कुशवाहा, चिराग डंगोल, आरभ गुप्ता, करन अग्रवाल, आदित्य पटेल, अरविन्द प्रसाद यादव, आशिक अधिकारी, शिव शक्ति महतो र रोशन यादव रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *