हेटौँडा, मकवानपुर प्रहरीले कैलाश गाउँपालिकाका विभिन्न वडामा अवैध रूपमा गरिएको गाँजा र अफिम खेती नष्ट गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति १६ गतेदेखि १८ गतेसम्म बागमती प्रदेश प्रहरी गण हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयहरूबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले अवैध लागूऔषध विरुद्ध विशेष अभियान सञ्चालन गरेको हो।
अभियानका क्रममा मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने कैलाश गाउँपालिका वडा नं. १, २, ५, ६, ७ र ८ का विभिन्न स्थानहरूमा अवैध रूपमा गरिएको लागूऔषध गाँजा र अफिम खेती फडानी गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।






