हेटौंडा, खेर गएका वस्तुहरुबाट उत्पादित सामग्रीहरुको नगर विद्यालयस्तरीय प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय प्रथम भएको छ ।
५१ औँ विश्व वातावरण दिवस मूल समारोह समितिले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमबार समापन कार्यक्रममा विद्यालयले निर्माण गरेका विषयवस्तुलाई मापन गरी पुरस्कार प्रदान गरेको थियो । प्रतियोगितामा बालजागृति इंग्लिस सेकेण्डरी विद्यालय द्वितीय र तृल्सी मेहर मेमोरियल विद्यालय तृतीय हुन सफल भएको थियो । प्रतियोगितामा बालज्योति माध्यमिक विद्यालय र सोलिड्यारिटी इन्टरनेशनल विद्यालय सान्त्वना भएका थिए ।
प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय भएका विद्यालयलाई क्रमश : नगद १५ हजार, १० हजार, साढे ७ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेको थियो भने सान्त्वना विद्यालयलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरेको छ । प्रतियोगितामा प्रथम भएको नवोदय विद्यालयका विद्यार्थीहरुले इको ब्रिक निर्माण गरेका थिए । ५ वटा सामूदायिक तथा संस्थागत विद्यालयले सहभागीता जनाएको प्रतियोगितामा विजयी भएका विद्यालयलाई हेटौंडा उपमहानगरपालिका मेयर मिना लामाले पुरस्कार प्रदान गरेकी थिइन् ।






