हेटौंडा, मकवानपुर प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट १०५ किलो अवैध लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। हेटौंडाबाट कलैयातर्फ जाँदै गरेको बा.प्र ०१–०३० च १०४६ नम्बरको पिकअप गाडी जाँच गर्दा गाँजा फेला परेको हो।
पक्राउ पर्ने व्यक्ति दोलखाको जिरी नगरपालिका–१ का ३२ वर्षका अम्बरबहादुर तामाङ हुन्। प्रहरी चौकी रातोमाटेको टोलीले चेकिङको क्रममा गाडीभित्र लुकाइएका ९ वटा पोका गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
गाँजा लोड गरिएको गाडीमा चालक तामाङ मात्रै थिए। बरामद सामग्रीसहित पिकअप र चालकलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अर्यालले बताए।







