प्रगतिले चुम्यो सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि

हेटौँडा, हेटौँडा उपमहानगरपालिका–४ नम्बर वडा कार्यालयको आयोजनामा भएको सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि प्रगति माध्यमिक विद्यालयले जितेको छ।

ADVERTISEMENT

आज भएको फाइनल खेलमा प्रगतिले रस्सल एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो। शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को संयोजन तथा श्रमिक माध्यमिक विद्यालय, हेटौँडा–४ को व्यवस्थापनमा आयोजित प्रतियोगितामा नगरभित्रका २३ वटा विद्यालयको सहभागिता रहेको थियो।

प्रतियोगितामा विजेता प्रगति माध्यमिक विद्यालयले नगद ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता रस्सल एकेडेमीले नगद ३ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको छ। सेमिफाइनलमा प्रवेश गर्ने अन्य टोलीहरूलाई समेत नगद २ हजार रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ।

ADVERTISEMENT

वडास्तरीय तेस्रो खेलकुद महोत्सव अन्तर्गत श्रमिक माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गरिएको हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए। उनले शिक्षा र खेलकुदलाई वडाको प्राथमिकतामा राख्दै यस्ता गतिविधिले विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए। वडाध्यक्ष सिग्देलले आगामी दिनमा पनि वडा कार्यालयले शिक्षा तथा खेलकुद प्रवर्द्धनसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya