मनहरीमा रोकियो बालविवाह

हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका–४ मा हुन लागेको बालविवाह रोकिएको छ । मनहरी–४ का १८ वर्षीय बालक र कैलाश–७ की १६ वर्षीया बालिकाबीच हुन लागेको विवाह सरोकारवालाको उपस्थितीमा रोकिएको हो ।

ADVERTISEMENT

बालविवाह हुन लागेको सूचना बाल हेल्पलाइनको टोल फ्री नम्बर १०९८ मा प्राप्त भएपछि अभिभावकसहित सरोकारवाला निकायको प्रमु प्रतिनिधिको उपस्थितीमा बालविवाह रोकिएको हो । बालबालिकाको अभिभावकसहित बालहेल्पलाइनका प्रतिनिधि, मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, २ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिन, सामाजिक विकाश शाखा प्रमुख शैलश बास्कोटा सहितको टिमले हुन लागेको बालविवाहलाइ रोेकेको हो ।

बालबालिकासहित उनीहरुको अभिभावक लाई बाल विवाहका असर तथा परिणाम, कानूनी व्यवस्था, यसबाट पर्ने दीर्घकालिन असर लगायतका विषयमा सचेत गराइएको सिविन नेपालद्धारा सञ्चालित बालहेल्पलाइनका प्रवन्धक झविन्द्र ज्ञवालीले जानकारी दिए । गाउँपालिका उपाध्यक्ष मगरले आफ्नो टोल समाजमा यस्ता घटना हुन नदिन सबैले पहल र खबरदारी गर्नुपर्ने बताइन् ।

४ नम्बर वडा अध्यक्ष थापाले बालकले पढ्न वा सीप सिक्न इच्छा गरेमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । मकवानपुर जिल्लामा एक वर्षको अवधिमा ५० वटा बालविवाहका घटना बाल हेल्पलाइनमा दर्ता भएकोमा ४४ जनाको बालविवाह रोकिएको छ । यस आर्थिक बर्षको डेढ महिनाको अवधिमा १० वटा बालविवाहको घटना बाल हेल्पलाइनमा जानकारी आएको र रोकिएको छ । अभिभावक र बालबालिकाबीचमा सुमुधुर सम्बन्ध नहुनु, पारिवारिक विचलन हुनु, विद्यालय छोड्नु, अभिभावकले बालबालिकाहरुलाइ मोवाइल उपलब्ध गराउनु, घरमा नराखेर आफन्तकोमा वा होस्टलमा छोड्दा बाल विवाहको घटनामा बृद्धि भएको ज्ञवालीले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *