रेडक्रस दामनको बार्षिक साधारणसभा सम्पन्न

थाहानगर,२६ माघ/नेपाल रेडक्रस सोसाईटी दामन उपशाखाको २६ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा दामन उपशाखाका पूर्व सभापतिहरुलाई सम्मान गरिएको थियो ।

ADVERTISEMENT

उपशाखा सभापति मनश्याम बस्नेतको अध्यक्षतामा भएको साधारणसभामा पूर्व सभापतिहरु बिमलकुमार बिष्ट, कृष्णबहादुर बिष्ट, अरुण रायमाझी, मधुसुदन रायमाझी र निवर्तमान सभापति राजकुमार केसी लाई सम्मान गरिएको थियो । साधारणसभाले उपशाखा सभापति मनश्याम बस्नेत, कोषाध्यक्ष यादब जंग रायमाझी, सचिब राजाराम रायमाझीले प्रस्तुत गर्नुभएको प्रतिबेदनहरु अनुमोदन गरेको छ ।

उपशाखा दामनका उपसभापति गीता कार्कीले स्वागत गर्नुभएको कार्यक्रममा थाहा नगरपालिका वडा नंम्बर ३ का अध्यक्ष हिरेन्द्र कुमार रायमाझी, वडा नम्बर ४ का अध्यक्ष नारायण लामा, जनकल्याण माबि पालुङका प्रधानाध्यापक सानोभाई कार्की, नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखा सदस्य पिताम्बर बास्तोला, पालुङ जेसीज बर्ष २०२४ का कार्याकारिणी उपाध्यक्ष मानसिं दोङ लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *