सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बनाउँछ : मेयर लामा

हेटौँडा, हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बनाउनुका साथै स्वरोजगार र आर्थिक उपार्जनतर्फ अघि बढ्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको ‘साइपाटा सेट’ सजाउने तालिमको समापन कार्यक्रममा बुधबार बोल्दै मेयर लामाले मानिसको योग्यता, क्षमता र बजारको मागलाई ध्यानमा राखेर काम गर्न सके सफलता हासिल गर्न सकिने बताइन्।

ADVERTISEMENT

‘मानिसको योग्यता, क्षमता र बजारको मागलाई हेरेर काम गर्न सकियो भने सफलता मिल्छ भन्ने लाग्छ,’ उनले भनिन्, ‘बेरोजगार नागरिकलाई रोजगार बनाउन अनेकन उपायसहित हेटौँडा उपमहानगरपालिका सक्रिय बनेको छ।’ उनले यस्तै कार्यक्रममार्फत बेरोजगार नागरिकलाई रोजगारी र स्वरोजगारसँग जोड्ने प्रयास निरन्तर भइरहेको उल्लेख गर्दै ‘साइपाटा सेट’ सजाउने तालिम पनि त्यसैको एक हिस्सा भएको बताइन्।

तालिममा सहभागी महिलाहरूले प्राप्त गरेको सीपलाई व्यवहारमा उतार्दै स्वरोजगार र आर्थिक उपार्जनमा सफल हुने विश्वास आफूले लिएको मेयर लामाको भनाइ थियो। हेटौँडा–५ नम्बर वडा कार्यालयमा सञ्चालन भएको उक्त तालिममा स्थानीय महिलाहरूलाई साइपाटा, शुभकार्यमा प्रयोग गरिने डालो, छाता तथा किस्ती निर्माणसम्बन्धी सीप प्रदान गरिएको थियो। सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई उद्यमशीलतासँग जोड्दै आत्मनिर्भर बन्ने प्रतिबद्धता जनाएका छन्।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *