मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद दाहाल

हेटौंडा, मातृभूमि साहित्य समाज मकवानपुरको अध्यक्षमा कृष्णप्रसाद दाहाल चयन भएका छन् । शनिबार भएको संस्थाको २४ औँ वार्षिक साधारणसभा तथा ११ औँ अधिवेशनबाट दाहालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा हेमन्त ढुंगेल, महासचिवमा मन्जु दहाल खराल, कोषाध्यक्षमा मिरा शर्मा गुरागाई, सचिवमा किशन पौडेल चयन भएका छन् ।

ADVERTISEMENT

यसैगरी सदस्यमा श्यामप्रसाद श्रेष्ठ, सानुबाबु खनाल, गोपिनी गौतम, बैकुण्ठ लामिछाने, प्रद्युम्न उपाध्याय, मिथिला अधिकारी चयन भएका हुन् । मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्जका वरिष्ठ साहित्यकार गणेश लाठको प्रमुख आतिथ्यता रहेको थियो । मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष पोख्रेलले संस्थाले प्रदान गरेको पुरस्कार तथा गतिविधिको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षको प्रतिवेदन सदस्य किशन पौडेलले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वस्तिका दाहाल, चितवनका सरस्वती पौडेल, मिथिला अधिकारी, सानु खनाल, डीबी बर्तौला, किशन पौडेल, समिर पाख्रिन, जनार्दन खनाल, मञ्जु खराल, सुशिल पराजुली, राजकुमार लामिछाने, दिपक गौतम, गोपिनी गौतम, सुवास सजल, देवराज तिवारी, पूर्णकला घिमिरे र केट स्मार्टले रचना वाचन गरेको थिए। मातृभूमि साहित्य समाजका महासचिव हेमन्त ढुंगेलले कार्यक्रम सञ्चालन गरेका थिए भने कार्यक्रममा मातृभूमि साहित्य समाजका प्रमुख संरक्षक मुक्ति गोविन्द वैद्य, संस्थापक अध्यक्ष हयग्रीव आचार्य, महाकाव्यकार मुना अर्याल, सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलालगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *