१८ बुँदे अनुरोधपत्र हस्तान्तरण

हेटौंडा, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका मन्त्री भगवती चौधरीलाई बाल संरक्षण तथा बालगृहहरुको प्रभावकारी नियमन सम्बन्धमा नीतिगत सुधार तथा व्यवहारिक कार्यान्वयनकालागि अनुरोधपत्र हस्तान्तरण गरिएको छ । राष्ट्रिय बाल संरक्षण संजालका केन्द्रिय अध्यक्ष प्रकाश खतिवडाले १८ बुँदे अनुरोध पत्र बाचन गर्दै मन्त्री चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

ADVERTISEMENT

अनुरोध पत्र बुझ्दै मन्त्री चौधरीले बाल अधिकारको संरक्षण र सम्बर्धनमा सरकारलाई सघाएकोमा धन्यबाद ज्ञापन व्यक्त गरेका थिए । मन्त्रालयले बालबालिका ऐन २०७५ र नियमाबलीलाई अक्षरस पालना गर्दै राष्ट्रिय बाल अधिकार परिषदलाई सशक्त र जिम्मेबारको बोध गर्दै बाल अधिकारको सम्मान गर्ने उनले बताईन् ।

राष्ट्रिय बाल संरक्षण संजालका केन्द्रिय अध्यक्ष प्रकाश खतिवडा, फर्गेट मी नट अष्ट्रेलिया, देशीय निर्देशक अन्जु पुन, हिमाली नवीन समाज काठमाडौका कार्यकारी निर्देशक धन बहादुर लामा, राष्ट्रिय बाल संरक्षण संजालका कार्य समिती सदस्य तोयानाथ तिवारी र स्वतन्त्रता अभियानका प्रतिनिधि मनु नेपालीद्वारा संयुक्तरुपमा उपस्थिती भई अनुरोध पत्र मन्त्रीलाई हस्तान्तरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya