अन्तर विद्यालय क्रिकेट प्रतियोगिता : भुटनदेवी, नवोदय र आधुनिक विजयी

हेटौंडा, हेटौंडाको हुप्राचौरमा जारी स्वर्गीय निरज श्रेष्ठ स्मृति दोस्रो विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको सोमबार भएको खेलमा भुटनदेवी माध्यमिक विद्यालय, नवोदय शिशु सदन र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय विजयी भएको छ । आइतबार भएको पहिलो खेलमा जीएस निकेतनलाई ८ विकेटले पराजित गर्दै भुटनदेवी माध्यमिक विद्यालय विजयी भएको छ । शुरुमा टस जितेर ब्याटिङ रोजेको जिएसले १३ दशमलव ३ ओभरमा अल आउट हुँदै ६२ रन बनायो ।

ADVERTISEMENT

जिएसका लागि अजय चौधरी १३ र प्रियान्सु विडारीले १० रन बनाए । जिएसलाई सस्तैमा समेट्नको लागि भुटनदेवीका सजित खानले ४ विकेट र नरेन्द्र अधिकारीले ३ विकेट लिए । ६३ रनको लक्ष्य पाएको भुटनदेवीले ९ ओभरमा २ विकेटको नोक्सानीमा लक्ष्य भेटायो । भुटनदेवीका लागि ओम प्रकाशले २९ रन र कृष्ण यादवले २५ रन लिए । जिएसका अजय चौधरीले २ विकेट लिए । प्रतियोगितामा भुटनदेवीका नरेन्द्र अधिकारी म्यान अफ द म्याच घोषित भए । सोमबार भएको दोस्रो खेलमा बालजागृति इङ्लिस सेकेण्डरी विद्यालयलाई १० विकेटले पराजित गर्दै नवोदय शिशु सदन विद्यालय विजयी भएको छ । शुरुमा ब्याटिङ गरेको बालजागृतिले १५ ओभरमा ९ विकेटको नोक्सानीमा ४८ रन बनायो । बालजागृतिका लागि अभिशेक पन्तले १२ रन र अरुन पुरीले ११ रन बाहेक अरु खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बालजागृतिलाई सस्तैमा समेट्नको लागि नवोदयका रोनश उप्रेतीले ४ विकेट र तेजस नेपालले ३ विकेट लिए । ४९ रनको लक्ष्य पाएको नवोदयले विना विकेट लक्ष्य भेटायो । नवोदयका लागि आरभ गुप्ता २० रन र सचिन यादव १८ रन बनाए । नवोदयका रोनश उप्रेती म्यान अफ द म्याच घोषित भए । यसैगरी सोमबार भएको तेस्रो खेलमा भानु माध्यमिक विद्यालयलाई १० विकेटले पराजित गर्दै आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय विजयी भएको छ । शुरुमा ब्याटिङ गरेको भानु विद्यालयले १० ओभरमा ८ विकेटको नोक्सानीमा ३५ रन बनायो ।

भानुका श्रृजन देवकोटाले ११ रन बाहेक अरु खेलाडीले रन बटुल्न सकेनन् । आधुनिकका राहुल यादवले ३ विकेट लिए । जवाफ ब्याटिङको लागि मैदान उत्रेको आधुनिक विना विकेट लक्ष्य भटायो । आधुनिकका प्रिन्स यादवले २४ रन बनाए । आधुनिकका राहुल यादव म्यान अफ द म्याच घोषित भए ।

मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा १३ वटा विद्यालयको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ४० हजार रुपैयाँ र उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya