निजी स्वास्थ्य संस्थालाई कडाई गर्दै उपमहानगरपालिका

हेटौंडा, हेटौंडा उपमहानगरपालिका भित्र रहेका निजी संस्थालाई कडाई गर्ने भएको छ । शुक्रबार हेटौडा उपमहानगरपालिकाले सूचना जारी गर्दै सञ्चालनमा रहेका तथा दर्ता नगरेको, नवीकरण नगराईएको र मापदण्ड भन्दा बाहिर रहेर सञ्चालनमा रहेको पाइएकोले हेटौंडा उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

ADVERTISEMENT

निजी तथा सामूदायिक अस्पताल, पोलिक्लिनिक, क्लिनक, ल्याव, फार्मेसी तथा डाईगोनोष्टिक सेन्टरहरुले कार्तिक मसान्त भित्रमा सम्पूर्ण प्रकृया पूरा गरेर निजी स्वास्थ्य संस्था सञ्चालन गर्न हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखाले अनुरोध गरेको छ । ‘स्थानीय निकायबाट सञ्चालित भएका निजी स्वास्थ संस्था तथा अस्पताल दर्ता भई सञ्चालनमा र भएका छन् । प्रदेशको मातहतमा रहेका अस्पतालले नविकरण गरेका छैनन् ।’

हेटौंडा उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख भोला चौलागाईले भने –‘नगरमा करिव ४० वटा भन्दा बढि निजि स्वास्थ संस्था सञ्चालन रहेका छन् । स्थानीय तहबाट सञ्चालित भएका निजि स्वास्थ संस्थाको म्याद सकिसकेको छैन ।प्रदेश मातहतमा रहेका संस्थाको भने नविकरण गर्नुपर्नेमा पनि नविकरण नगरेको अवस्था छ ।’

निजी स्वास्थ्य संस्था, सामूदायिक अस्पताल, पोलिक्लनिक, क्लनिक, ल्याव फार्मेसी तथा डाइगोनोष्टिक सेन्टरहरु दर्ता गर्न तथा नवीकरण गर्नका निम्ति स्थानीय तह तथा प्रदेश सरकारले सूचना जारी गरिसकेको छ । समयमा दर्ता नगर्ने, नवीकरण नगर्ने निजी संस्था, अस्पताललाई सजायको व्यवस्था गर्न सकिने उनले बताए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *