हेटौंडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको २८ औँ अभिभावक दिवस शनिबार हेटौंडामा भएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत विद्यार्थीले गायन तथा नृत्य प्रस्तुत गरेका थिए ।
सामाजिक विषयका सुपरिवेक्षक नरेन्द्रकुमार नगरकोटीको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ७, ८ र ९ का विद्यार्थीले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरेका थिए ।
कक्षा २ र ३ को अभिभावक दिवस सम्पन्न भइसकेको छ भने अरु कक्षाको अभिभावक दिवस पनि आयोजना हुने विद्यालयका क्रियटिभ आर्ट (सीए) का संयोजक प्रलय चौलागाईले जानकारी दिए ।







