रोट्रयाक्टको अध्यक्ष- सचिव भेला हेटौंडामा सम्पन्न

हेटौंडा /रोट्रयाक्टको अध्यक्ष-सचिव भेला (पिएस मिट) हेटौंडामा सम्पन्न भएको छ । रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोट्रयाक्ट क्लव अफ हेटौंडा र रोट्रयाक्ट क्लव अफ मकवानपुरको आतिथ्यतामा भएको अध्यक्ष सचिव भेला बागमती प्रदेशको राजधानी हेटौंडामा सम्पन्न भएको हो ।

ADVERTISEMENT

शनिबार हेटौंडाको एभोकाडो एण्ड अर्किड रिसोर्टमा भएको भेलामा देशैभरका रोट्रयाक्ट क्लवका अध्यक्ष–सचिव भेला भएका थिए । हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले भेलाको उद्घाटन गरेकी हुन् । उनले सामाजिक संघसंस्थामा आबद्ध युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा समेत सघाउ पुर्याउन अनुरोध गरिन् । ‘रोटरी, रोट्रयाक्ट लगायतका सामाजिक संघसंस्थाले पनि नेपाली समाजमा महत्वपूर्ण योगदान पुर्याइरहेका छन्’, उनले भनिन्, ‘सामाजिक कामसंगै मुलुकको विकासमा समेत लागिपर्न अनुरोध गर्न चाहन्छु ।’ कार्यक्रमले हेटौंडामा रहेका पर्यटकीय गन्तव्यहरुलाई देशैभर चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै उनले अवलोकन भ्रमणको निम्ति अनुरोध समेत गरिन् ।

रोट्रयाक्ट क्लव अफ हेटौंडाका अध्यक्ष मिलन ढकालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा रोटर्याक्टका डीआरआरसी दुर्गाप्रसाद सुवेदी, डीआरआर लक्ष्मण खरेल, रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष सुयसराज पराजुली, रोटर्याक्ट क्लव अफ मकवानपुर अध्यक्ष प्रदीपकुमार राई लगायतले मन्तव्य व्यक्त गरेका थिए । हरेक रोटा वर्षको पहिलो त्रैमासिकमा आयोजना गरिने अध्यक्ष सचिवको भेलाले रोटर्याक्टसंग सम्बन्धित विभिन्न मुद्दा तथा प्रस्तावहरुमा छलफल गर्ने गर्दछ । कार्यक्रममा रोट्रयाक्ट क्लव अफ बुटवल साउथ, युनाइटेड बीरगञ्ज र बर्दिबासले सहसंयोजनको भूमिकामा रहेको थियो । कार्यक्रमलाई महेन्द्र प्युरिफायरले मुख्य प्रायोजन गरेको थियो भने सागर डिष्टिलरी, युनिलिभर नेपाल, स्मार्ट स्टडी, कान्तिपुर म्यानेजमेन्ट, एभरेष्ट कलर, एमएम पोलिमर्स, सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, जोभियल, कफिबार लगायतले प्रायोजन गरेको थियो । कार्यक्रममा करिब १ हजार जना रोट्रयाक्ट प्रतिनिधिहरु सहभागी थिए ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका, रोटरी क्लव अफ हेटौंडा, रोटरी क्लव अफ मकवानपुरले आवश्यक साथ र सहयोग गरेको थियो । कार्यक्रममा महेन्द्र प्युरिफाएरका प्रवन्ध निर्देशक पप्पु केशरी, यति व्रेवरीका प्रतिनिधि सुनिल पौडेल, सागर डिष्टिलरीका प्रतिनिधि रोजन श्रेष्ठ, जोभियलका प्रतिनिधि सन्तोष अधिकारी, रोटरी क्लव अफ हेटौंडाका अध्यक्ष सुएसराज पराजुली, रोटरी क्लव अफ मकवानपुरका अध्यक्ष कृष्ण बहादुर कार्की लगायतको उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya