लघुवित्त सदस्य सम्मेलनबाट मकवानपुरकी मेनका श्रेष्ठ पुरस्कृत

हेटौंडा, काठमाडौंमा भएको चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनबाट मकवानपुरकी मेनका श्रेष्ठ नगद २५ हजार रुपैँयाले पुरस्कृत भएकी छिन् ।

छिमेक लुघ वित्तिय संस्थाका सदस्य रहेकी श्रेष्ठ उत्कृष्ट लुघ उद्यमी सदस्यबाट सम्मान तथा पुरस्कृत भएकी हुन् । मेनकालाई प्रतिनिधि सभा सांसद लिलानाथ श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

कार्यक्रममा जीवन विकास लघुवित्तीय संस्थालाई १ लाख रुपैयाँले पुरस्कृत गरेको थियो । सम्मेलन आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठको अध्यक्षतामा भएको सम्मेलनमा ७७ वटै जिल्लाका ५७ लघुवित्तका सदस्य सहभागी रहेका थिए । कार्यक्रममा विभिन्न लघुवित्तलाई पुरस्कार प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *