उद्योग वाणिज्य संघ चितवनको भ्रमण टोलीसंग हेटौंडामा छलफल

हेटौंडा, उद्योग वाणिज्य संघ चितवनको भ्रमण टोलीसंग मकवानपुर उद्योग वाणिज्य संघमा आइतबार छलफल कार्यक्रम भएको छ । उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा १५ सदस्यीय भ्रमण टोली हेटौंडा आएका थिए । मउवासंघका कार्यवाहक अध्यक्ष अनिल अग्रवालको अध्यक्षतामा भएको छलफल कार्यक्रममा उनले संघको स्थापनादेखि संघले सम्पादन गरेका गतिविधि र मकवानपुर जिल्लाको धार्मिक तथा पर्यटकीय गन्तव्यहरुको बारेमा चर्चा गरेका थिए ।

ADVERTISEMENT

उनले आर्थिक मन्दीले व्यवसायिक कारोवार निराशाजनक रहेको र यस परिस्थितिले विदेश पलायन बढाउने चिन्ता व्यक्त गरे ।
छलफलमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा मउवासंघका निवर्तमान अध्यक्ष कृष्ण कटुवालले चर्को बैंक व्याज र आर्थिक मन्दीको प्रभाव न्यूनिकरण गर्न नेपाल उद्योग वाणिज्य महासंघले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने त्यसो हुन नसकेमा उवासंघहरु एकै ठाउँमा उभिएर साझा धारणा बनाएर उद्योगी÷व्यवसायीहरुको समस्या समाधान गर्न दवाव सिर्जना गर्नुपर्ने बताए ।

त्यसैगरी उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले मकवानपुर र चितवनको धेरै परिवेशहरु मिल्दोजुल्दो रहेको, कृषि तथा पर्यटनमा चितवन अघि बढिरहेको, चितवन मेडिकल सिटीको रुपमा बिकास हुूदै गएको, उवासंघ चितवनले चेम्बर लर्निङ सेन्टर स्थापना गरेको, जसले युवा तथा महिला उद्यमशीलता विकास, नव उद्यम प्रवद्र्धन र विदेशबाट फर्केकाहरुको लागि रिटर्नी उद्यम संचालन जस्ता अवधारणामा लर्निङ सेन्टरले काम गर्ने बताए । आइतबार मकवानपुरको चित्लाङमा बास बस्ने सोमबार धुलिखेलमा र मंगलबार भक्तपुर हुँदै चितवन फर्कने भ्रमण तालिका रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya