महोत्सवमा श्रेष्ठको लघुकथा ‘व्यथाभित्रको कथा’ विमोचन र पौडेलको लघुकथा लोकार्पण

पोखरा, नेपाल भारत साहित्य महोत्सवको पाँचौं संस्करण पोखरामा आयोजित तीन दिवसीय कार्यक्रममा हेटौडाका लघुकथाकार श्यामप्रसाद श्रेष्ठको लघुकथा कृति ‘व्यथाभित्रको कथा’ को पुस्तक विमोचन भएको छ ।

ADVERTISEMENT

हेटौडाका लघुकथाकार किशन पौडेलको हिन्दी अनूदित लघुकथा कृति ‘अन्तर्दृष्टि’ लघुकथा सङ्ग्रहको औपचारिक लोकार्पण र समीक्षा समेत गरिएको थियो। गण्डकी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वीरगन्जका वरिष्ठ साहित्यकार गणेशप्रसाद लाठ, भारतीय दूतावासका अधिकारी सत्येन्द्र दहिया,नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानको पूर्व उपकुलपति सरुभक्त श्रेष्ठ, बर्दघाट प्रज्ञा प्रतिष्ठानको उपकुलपति डा घनश्याम परिश्रमी,भारत पटनाको वरिष्ठ लघुकथाकार विभा रानी साथै अन्य विशिष्ट व्यक्तिहरूको समेत उपस्थित रहेको थियो । उक्त कार्यक्रममा भारतका विभिन्न क्षेत्रवाट वरिष्ठ विषयगत विज्ञहरूको समेत उपस्थित रहेको थियो। पहिलो दिनको कार्यक्रममा लघुकथा र काव्य वाचन गरिएको थियो।

भाषा आयोगको सदस्य माननीय डा. पुष्करराज भट्ट र भारतका वरिष्ठ साहित्यकार विभा रानी श्रीवास्तबले विमोचित कृतिमाथि चर्चा गरेका थिए । क्रान्तिधरा साहित्य अकादमीका संस्थापक अध्यक्ष विजय पण्डितको संयोजकमा आयोजित उक्त कार्यक्रम वरिष्ठ काव्यकार डा.बलराम उपाध्याय रेग्मिको सभाध्यक्षतामा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya