हेटौंडा– ८ लाई बालमैत्री वडा घोषणा गरिने

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, कमानेलाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ ।
वडा कार्यालयले सोमबार पत्रकार सम्मेलनमार्फत् विभिन्न ५१ वटा सूचक पूरा गरेसँगै यही असार २९ गते उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।

ADVERTISEMENT

यस कार्यका लागि वडाध्यक्ष राम थापाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको र सो समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको अध्यक्ष थापाले जानकारी दिए । कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम गर्न लागिएको अध्यक्ष थापाले बताए ।

उनका अनुसार, वडामा क्रियाशील बालमैत्री स्थानीय शासन वडा समिति तथा बाल अधिकार समितिले १९ वटा टोल विकास संस्थामा २१ वटा बाल समूह निर्माण गरी वर्षभरी विभिन्न कार्यक्रम गरी घोषणाका लागि आवश्यक वातावरण निर्माण गरेका थिए ।
हरेक समूहमा २५ जना सदस्य रहने गरी गठन गरिएको बाल समूहले डेढ वर्षदेखि वडालाई बालश्रम र बालविवाहमुक्त बनाउन विभिन्न रचनात्मक क्रियाकलाप गरेका थिए । यस वडामा एक वर्षको अवधिमा १२ जना बाल श्रमिक भेटिएको थियो । उनीहरुलाई परिवारमा स्थापित गरिएको छ ।

ADVERTISEMENT

अभियानका कारण यस वडामा चालु आवमा ३ वटा बालबिबाह रोकिएको छ । वडा तथा टोल विकासले यस अभियानका लागि एक वर्षमा करिब ३१ लाख ७६ हजार रुपैयाँ खर्च गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *