हेटौँडा, मकवानपुर प्रहरीले भारीमात्रामा लागूऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ ।
पूर्व(पश्चिम लोकमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेकप्वाईन्टमा सवारी साधन रोकी जाँच गर्ने क्रममा ७५ सय क्याप्सुल लागूऔषध ट्रामाडोलसहित गाडीका चालक बारा पचरौता नगरपालिका- ७ बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान र सहचालक २३ वर्षीय सुनिल पटेललाई पक्राउ गरिएको हो ।
बाराको सिम्ररौनगढबाट हेटौंडा बजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडी रातोमाटे चौकीमा रोकेर जाँच गर्ने क्रममा लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए ।







