वडा कप भलिबल प्रतियोगिताको मुख्य प्रायोजक तुल्सी मेहर विद्यालय

हेटौंडा, प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगितालाई मुख्य प्रायोजक तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेज हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ को सहयोगमा र हेटोंडा–१२ खेलकुद विकास समितिको आयोजनामा हुन लागेको प्रतियोगितामा मुख्य प्रायोजक तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालय तथा नारायणी कलेज रहेको मङ्गलबार आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

ADVERTISEMENT

‘भलिबल खेलको विकास र हेटौंडा–१२ को प्रतिष्ठा पहिचान गराउने उद्देश्यले यही माघ १६ गतेदेखि १९ गतेसम्म जिल्लामा पहिलो पटक वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्दैछौँ ।’ प्रतियोगिताका संयोजक मनोज लामा स्याङतानले भने –‘ हेटौंडा उपमहानगरपालिमा रहेका १९ वटै वडाबाट प्रतियोगितामा सहभागिता जनाउनु हुन्छ भन्ने अपेक्षा लिएका छौँ । प्रत्येक टिमले आफ्नो वडाभन्दा बाहिरका बढिमा ३ जना मकवानपुर जिल्लाभरिका खेलाडिहरु समावेश गराउन पाइने नियम बनाएका छौँ ।’

प्रत्येक टिममा १२ जना खेलाडीका साथ १/१ जना टिम प्रशिक्षक र टिम मेनेजर गरी जम्मा १४ जनासम्म हुनुपर्ने नियम बनाएको उनले बताए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमााणपत्र प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ । हेटौंडा–१२ स्थित बुद्ध माध्यमिक विद्यालयमा ४ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । जसमा वडाबाट एक लाख २५ हजार बजेट विनियोजन गरिएको छ भने बाकीँ अन्य लाग्ने खर्चहरु स्थानीय समाजसेवीहरुबाट प्राप्त गरिने प्रतियोगिता संयोजक स्याङ्तानले बताए ।

ADVERTISEMENT

यसैगरी तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष आशिष श्रेष्ठले विद्यालय स्थापना भएको ४३ वर्षको अवसरमा सरस्वती पूजाका दिनमा अक्षराम्भ कार्यक्रमको आयोजना गरी निःशुल्क भर्ना अभियान सञ्चालन गर्ने बताए । खेलकुद क्षेत्रको विकास गराउने उद्देश्यले यसअघि जिल्लास्तरीय भेट्रान्स भलिबल प्रतियोगितामा पनि विद्यालयले मुख्य प्रायोजकको भूमिका निर्वाह गरिसकेको विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले बताए । पत्रकार सम्मेलनमा हेटौंडा १२ खेलकुद विकास समितिका संयोजक दिनेश चौलागाई, तुलसी मेहर मेमोरियल माध्यामिक विद्यालयका अध्यक्ष आशिष श्रेष्ठ, प्राचार्य रघुनाथ खराल, प्रतियोगिता संयोजक मनोज लामा स्याङ्तान लगायतको सहभागिता रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya