अनेरास्ववियु मकवानपुर अध्यक्षमा बर्तौला

हेटौंडा, नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु मकवानपुर जिल्ला कमिटीको अध्यक्षमा अमृत बर्तौला चयन भएका छन् ।

ADVERTISEMENT

हेटौंडामा भएको अनेरास्ववियुको २८ औं जिल्ला अधिवेशनले बर्तौलाको नेतृत्वमा सर्वसम्मत ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । अनेरास्ववियुको उपाध्यक्षमा पुष्कर तिमल्सिना, नवराज पौडेल र शिव पुलामी, सचिव रामचन्द्र वोलन, सह–सचिव जस्मिता अधिकारी, प्रसिद्ध रेग्मी र साहिल खान, कोषाध्यक्ष इशा पाख्रिन र कार्यलय सचिवमा रोजन घिमिरे चयन भएका छन् ।
अध्यक्षमा चयन भएका बर्तौलाले सबैलाई समेट्दै संस्थागत एवम् विद्यार्थीको हितमा काम गर्ने प्रतिबद्धता जनाए ।

अनेरास्ववियुको जिल्ला अधिवेशनबाट भएको नेतृत्व चयनको विषयलाई लिएर एउटा पक्षले भने असन्तुष्टी जनाएको
छ । अध्यक्षका आकांक्षी पुष्कर तिमिल्सिना बिरामी भएर अस्पताल भर्ना भएको अवस्थामा कमिटी घोषणा गरिएको भन्दै एउटा पक्ष असन्तुष्ट बनेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *