नेता बानियाँद्वारा किराँतेश्वर महादेव मन्दिरको मुर्ति अनावरण

फापरबारी, १० पुस/बागमती गाउँपालिका ६ गोल्मेराजा दरबारस्थित किराँतेश्वर महादेव मन्दिरको मुर्ति अनावरण एवं पुरातात्विक गोल्मेराजा दरबारको मंगलबार समुदघाटन गरिएको छ ।

ADVERTISEMENT

गोल्मेराजा दरबार संरक्षण एवं पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष जयबहादुर राईको सभाध्यक्षता तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एव प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा किराँतेश्वर महादेव मन्दिरको मुर्ति अनावरण एवं पुरातात्विक गोल्मेराजा दरबारको समुदघाटन गरिएको हो ।

प्रदेशसभा सदस्य बानियाँको पहलमा प्रदेश सरकारबाट विनियोजित ३० लाख रुपियाँ बजेटमा ऐतिहासिक गोल्मेराजा दरबारको घेराबारा र मन्दिर निर्माण भएको थियो । प्रमुख अतिथि बानियाँले ऐतिहासिक पुरातात्त्विक गोल्मेराजा दरबारको संरक्षण र मन्दिरको आवश्यक भौतिक पूर्वाधार निर्माणको लागि प्रदेश सरकारबाट बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउँदै दरवारलाई राष्ट्रिय तथा अर्न्तराष्ट्रियरुपमा पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने बताए ।

कार्यक्रममा बागमती गाउँपालिका उपाध्यक्ष फणिन्द्र तिमल्सिना, बागमती गाउँपालिका ६ का वडाअध्यक्ष टेकबहादुर डिम्डुङ, गोल्माराजा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर राईलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *