हेटौंडामा दुईदिने ब्यवस्थापक र लेखापाललाई कोपोमिस तालिम शुरू

हेटौंडा, १९ फागुन÷हेटौडा उपमहानगरपालिकामा रहेका सहकारीका ब्यवस्थापक तथा लेखापालहरूका लागि दुई दिने कोपोमिस तालिम शनिबारबाट हेटौंडामा शुरू भएको छ । तालिममा हेटौंडा उपमहानगरपालिका भित्र रहेका सहकारी संस्थाका २६ जना व्यवस्थापक र लेखापालको सहभागिता रहेको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यतामा तालिम उद्घाटन गरेको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका बानियाँले संस्थाको आर्थिक गतिविधिलाई पारदर्शी बनाउन कोपोमिस तालिम प्रभावकारी हुने बताए। प्रमुख अतिथि बानियाँले तालिमबाट सिकेका ज्ञानलाई ब्यवहारमा उतार्न सहभागीहरूलाई अनुरोध गरे।

‘तालिम लिनको लागि सफ्टवेयरको प्याकेज लिनुपर्ने हुन्छ र ल्यापटपको पनि आवश्यकता पर्दछ । सिमित संख्यामा सफ्टवेयर सम्बन्धी धेरै कुरा सिक्नुपर्ने भएकोले गर्दा ३० जना व्यवस्थापक र लेखापाललाई मात्र समावेश गरी तालिम आयोजना गरेका हौँ ।’ हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले भने –‘तालिममा सहभागिता जनाउनु भएका २६ जनामध्ये धेरैजना दूग्ध उत्पादक र कृषि सहकारी संस्थाका हुनुहुन्छ भने थोरै संख्यामा बचत सहकारीका व्यवस्थापक तथा लेखापाल रहनु भएको छ ।’

सफ्टवेयर सम्बन्धी तालिमको लागि दुई दिन आवश्यक हुनेभएकोले गर्दा दुईदिने तालिम आयोजना गरेको उनले बताए । दुई दिने तालिममा कोपोमिस सफ्टवेयरको विषयमा प्रशिक्षक किरण पौडेलले सहजीकरण गर्ने छन् । गतवर्ष हेटौंडा उपमहानगरपालिका भित्र रहेका एक सय वटा बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक तथा लेखापाललाई कोपोमिस तालिम प्रदान गरेको थियो ।

आगामी चैत महिनामा पनि कोपोमिस तालिम सञ्चालन गरी सहकारीका कर्मचारीहरुलाई कोपोमिससम्बन्धी जानकारी दिने पौडेलले बताए । हेटौंडा उपमहानगरपालिकामा २ सय २२ वटा सहकारी संस्थाहरू आबद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya