हेटौंडा, मकवानपुर क्षेत्र नम्बर–२ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका महेश कुमार वतौला र क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) मा उम्मेदवारी दिएका विष्णु प्रसाद ढकालले आज भीमफेदी गाउँपालिकाको विभिन्न वडाको घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
घरदैलो र टोल टोलमा आयोजित सभामा दुवै जना उम्मेदवारहरुले चुनाव जितेर गएपछी काठमाण्डौ र हेटौंडा केन्द्रीत भन्दा पनि यस क्षेत्रका नागरिकका हरेक समस्यामा सधै हातेमालो गरेर अगाडी बढ्ने बताएका छन् ।
स्थानीय वासिन्दाहरुले पुराना विजयी भएका नेताहरु चुनाव जितेर गएपछी आफ्ना क्षेत्रमा खासै नफर्किएको र अबका उम्मेदवारहरु अहिले चुनावका बेलामा आएजसरीनै पछी पनि आफ्ना समस्या समाधान गरेमा मतदान गर्ने प्रतिवद्धता जनाएका छन् ।
उम्मेदवार वतौला र ढकालले स्थानीय वासिन्दाका हरेक समस्यामा आफुहरु संगै रहने र विकासका काममा पनि केन्द्रीत रहने बताएका छन् । अरु दलका दुइजना उम्मेदवार जस्तो आफुले आफुलाई पनि मतदान गर्न नमिल्ने नभइकन आफुहरु स्थानीय क्षेत्रको उम्मेदवार पनि भएकाले आफ्ना पक्षमा मतदान गरेर पाँच वर्ष सेवा गर्ने अवसर प्रदान गर्न आग्रह गरेका छन् ।







