हेटौंडा, राष्ट्रियता रक्षा गर्न, गणतन्त्र सुदृढ गर्न र विकास र समृद्विको लागि नेकपा एमाले बलियो हुनपर्ने र सरकार सञ्चालन गर्नुपर्ने नेकपा एमाले जिल्ला कमिटी मकवानपुरका सचिव नवीन सिग्देलले बताए ।
बाग्मती गाउँपालिका वडा नं. ६ को विहिबार भएको भेलामा बोल्दै सिग्देलले नेकपा एमाले सरकारमा हुँदा जनतामा आशा र भरोसा बढ्ने र अन्य सरकारले निरासा मात्र पैदा गरेको भन्दै बर्तमान सरकार गठबन्धन तोडेर मुलुकलाई नयाँ दिशा दिन एमाले सम्मिलित सरकार बनाउन कदम चालेको बताए । उनले नेकपा एमाले जनताको भरोसा र असल कार्यकर्ताको जगमा उभिएको बताउँदै पार्टीले खेलेको लोकतन्त्र र देश विकासको लागि खेलेको भूमिका जनतामा प्रष्ट पार्न आमकार्यकर्ता पंक्ति एकजुट भएर लाग्नुपर्ने बताए।
पार्टी वडा कमिटीका अध्यक्ष सुमन क्याम्चकीको अध्यक्षतामा भएको भेलामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य खेम जर्गामगर, जिल्ला सदस्य तथा ६ नं। वडाका निर्वाचित अध्यक्ष टेकबहादुर डिम्डुङ्ग, बाग्मती गाउँपालिका कमिटी अध्यक्ष नरबहादुर पाख्रिन, ८ नं। वडाका निर्वाचित अध्यक्ष केशव तिमल्सीना जिल्ला सहकारी विभाग सदस्य दलबहादुर राईको उपस्थिति रहेको थियो भने भेलामा पार्टी कमिटीका सदस्य, सदस्य, जनसंगठन र जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।







