हेटौंडा, मकवानपुरको मनहरी गाउँपालिका ३ नम्बर वडाको २ वटा टोल विकास संस्थालाई चप्पल बनाउने मेसिन हस्तान्तरण गरेको छ । टोल विकास संस्थालाई अब्बल बनाउनुका साथै संस्थामा आवद्ध रहेकाहरुको सशक्तीकरणका लागि चप्पल बनाउने मेसिन हस्तान्तरण गरेको हो । वडाको ५ लाख रुपैयाँ बजेटबाट लामिटारमा रहेको शिवशक्ति टोल विकास संस्था र हाँडीखोलामा रहेको रहेको साझा टोल विकास संस्थालाई चप्पल बनाउने मेसिन हस्तान्तरण गरेको हो ।
चप्पल बनाउन प्रयोग हुने कच्चा पदार्थसहितको मेसिन हस्तान्तरण गरेको हो । शिवशक्ति टोल विकासका अध्यक्ष इन्दिरा राई र साझ टोल विकासका अध्यक्ष अखिल पुडासैनीलाई मेसिन हस्तान्तरण गरिएको हो । मनहरी गाउँपालिका अध्यक्ष रन्जन कालाखेती, ३ नम्बर वडा अध्यक्ष अनन्तप्रकाश अर्याल, वडा सदस्य हिरबहादुर प्रजालगायतले मेसिन हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष अर्यालले टोल विकास संस्थालाई अझ अब्बल बनाउँदै टोल विकासमा आवद्ध रहेकाहरुको आर्थिक सशक्तीकरणका लागि चप्पल बनाउने मेसिन सहयोग गरिएको बताए । ‘हामीले वडाको ५ लाख सिलिङ बजेटबाट मेसिन खरिद गरेका हौं, ‘अर्यालले भने, ‘यसलाई दुवै टोल विकास संस्थाले भरपुर सदुपयोग गर्नेछ भन्ने विस्वास लिएका छौं ।’
गाउँपालिका अध्यक्ष कालाखेतीले टोल विकास संस्थाले सृजनात्मक गतिविधिसँगै उत्पादनलाई कार्य गर्नुपर्ने सुझाव दिए । पालिकामा रहेका टोल विकास संस्थामा रहेकाहरुको क्षमता वृद्धिलगयातका कार्यमा सहयोग गर्न पालिका सदैव तयार रहेको उनको भनाई थियो । कार्यक्रममा स्थानीय विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो ।
ADVERTISEMENT