श्रावण १२ गते दुई नम्वर वडा बालमैत्री घोषणा हुने

हेटौंडा, यही श्रावण १२ गते हेटौंडा–२ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिने भएको छ । विहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी बालमैत्री घोषणाको तयारीलाई तीव्र पारिएको २ नम्बर वडा कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका लागि आवश्यक ५१ वटा सूचकमा अभ्यास गरी ४६ वटा सूचक सत् प्रतिशत्, ३ वटा सूचक ९६ प्रतिशत, एउटा सूचक ९५ प्रतिशत र अर्को एउटा सूचक ९० प्रतिशत नतिजा हाँसिल गरिएको २ नम्बर वडा अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए । ‘वडालाई बालमैत्री घोषणाका लागि वडा समिति, वडा बाल अधिकार समिति, बाल समूह, बाल समूह सञ्जाल, टोल विकास संस्था, क्लव, आमा समूहका साथै विभिन्न सामाजिक संघसंस्थाले काम गरेका छन्’, वडा अध्यक्ष महर्जनले भने ।’

घोषणाको तयारी करिब पूरा भएको वडा सदस्य सुरज बर्तौलाले बताए । पत्रकार सम्मेलनमा वडा सदस्य सुरज बर्तौला, वडा सचिव रामप्रसाद गुरागाई, बालजागृति इंग्लिस सेकेण्डरी विद्यालयका प्रिन्सीपल विनोद सुवेदीलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *