एकै मञ्चमा सातजना स्रष्टा सम्मानित

हेटौंडा, साहित्य सङ्गम मकवानपुरले शनिबार एक कार्यक्रमकाबीच सातजना स्रष्टालाई सम्मान गरेको छ। संगमले मकवानपुर साहित्यश्री सम्मान २०८० बाट साहित्यकार इन्द्रजित शर्मा चौलागाईंलाई नगद १५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरेको छ।

ADVERTISEMENT

संगमका पूर्वउपाध्यक्षसमेत रहेका चौलागाईंलाई तत्कालीन जिल्ला विकास समिति मकवानपुर र साहित्य संगम मकवानपुरले संयुक्त रूपमा स्थापना गरेको मकवानपुर साहित्यश्री सम्मानबाट सम्मानित गरिएको हो। यस्तै, १५ हजार ५ सय ५ रुपैयाँ राशिकै भेषनाथ अधिकारी स्मृति छन्द सम्मान २०८० बाट कवि कल्पना काफ्लेलाई प्रदान गरिएको संगमका अध्यक्ष डिबी बर्तौलाले जानकारी दिए।

उक्त पुरस्कार साहित्यकार विशाल अधिकारीले आफ्ना पिताको स्मृतिमा स्थापना गरेका हुन्। मंगलादेवी श्रेष्ठ स्मृति नारी सम्मानबाट साहित्यकार भावना सापकोटा, शुभद्रादेवी–मदन मुडभरी स्मृति सम्मान कवि तथा गजलकार विश्वनाथ सञ्जेल, रामहरि–देव सम्मानबाट किशन पौडेल, मुक्ति–तारा सम्मानबाट मकवानपुरका हास्यव्यंग्यकार सानुभाइ विश्वकर्मा सम्मानित भएका छन्। सम्मानित व्यक्तित्वहरूलाई पुरस्कारस्वरूप जनही १०–१० हजार नगद राशिसमेत प्रदान गरिएको छ।

यसैगरी, विनोद–सुनिता सुवेदी साहित्य सम्मान ललितपुरका कवि तथा निबन्धकार श्रीराम पाण्डेलाई प्रदान गरिएको छ। कविता र निबन्ध क्षेत्रमा सक्रिय पाण्डेलाई नगद ११ हजार पुरस्कार राशिसहित सम्मान गरिएको हो। साहित्यकार पाण्डेले पुरस्कार स्वरूप प्राप्त गरेको नगद ११ हजार रुपैयाँ साहित्य संगम मकवानपुरको अक्षय कोषमा सहयोग गरेको अध्यक्ष बर्तौलले जानकारी दिए।

साहित्य संगम मकवानपुरका अध्यक्ष बर्तौलाको सभाध्यक्षता एवं वरिष्ठ साहित्यकार निर्मोही व्यासको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण तथा सम्मान समर्पण कार्यक्रममा सम्मानित स्रष्टाहरूले आÇना रचनावाचनसमेत गरेका थिए।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *