सचेतनामूलक र्यालीमा सिमलटार टोल विकास प्रथम

हेटौंडा, ५२औ बिश्व वातावरण दिवस २०८१ को अवसरमा हेटौंडा ११ मा रहेका २३ वटै टोल बिकास संस्थाहरुको सहभागितामा भएको टोल स्तरीय सचेतनामूलक र्यालीमा सिमलटार टोल विकास संस्था प्रथम भएको छ ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा र टोल बिकास संस्था वडा समन्वय समितिको आयोजनामा सहिद स्मारक गेटबाट सुरु भएको सचेतनामुलक र्याली हेटौंडा ११ मा रहेको बिपन्न बचत तथा ऋण सहकारीको सभा हलमा पुगी र्यालीमा उत्कृष्ट भएका संस्थालाई पुरस्कार वितरण गरेको थियो । कार्यक्रममा शान्ति चोक टोल बिकास संस्था दोश्रो, झोलुङ्गेपुल टोल बिकास संस्था तेश्रो, सुर्योदय टोल बिकास संस्था र लालिगुरास टोल बिकास संस्था सान्त्वना हुन सफल भए । प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना भएकालाई क्रमश ः नगद ७ हजार, ५ हजार, ३ हजार र २ हजाररुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

टोल बिकास संस्था वडा समन्वय समितिका अध्यक्ष यज्ञ बहादुर आचार्यको सभाध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उपप्रमुख राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमा कृषिरदूध उत्पादनमा टेवा पुर्याउने मधुसुदन अर्याल, शेषराज रिमाल, पुर्णकुमारी बस्नेत, रमेश बर्तौला र निरज गौत्तमलाई जनही २ हजार रुपैयाँले सम्मान गरेको थियो । विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था वडा समन्वय समितिले सप्ताहव्यापी कार्यक्रम आयोजना गरेको थियो ।

मङ्गलबार भएको पुरस्कार वितरण कार्यक्रममा हेटौंडा ११ की वडा अध्यक्ष जुना दहाल, नगर समन्वय समितीका अध्यक्ष धुर्व प्रसाद अधिकारी, उपमहासचिव देवकुमार श्रेष्ठ, सचिव चन्द्रवती पनेरु, वडा सदस्य गोपिनी सापकोटा, बिकास नेपाल, सन्जय बिडारी, गिता सुनार, सामाजिक बिकास महाशाखा अधिकृत गोपिनी गौतम ,बाताबरण ईन्जिनियर चन्दा खड्कालगायतको आतिथ्यता रहेको थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *