थाहा नगरमा ‘थाहा सेवा समाज’ तदर्थ समिति गठन

हेटौँडा, थाहानगरका १२ वटै वडाबाट युवाहरूको उल्लेखनीय सहभागितामा थाहा युवा समाजको १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। चन्द्रागिरी पार्टी प्यालेसमा आज आयोजित भेलामा युवाहरूको जोशपूर्ण उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

‎समितिको अध्यक्षमा अर्जुन बस्नेत चयन भएका छन् भने उपाध्यक्षमा रचना बस्नेत र युवराज जिम्बा, सचिवमा सिम्रन खड्का,र सहसचिवमा राजीव विक्रम खड्का, (डेनी) र त्यसतै कोषाध्यक्षमा विकाश गुरुङ र राजु महर्जन चयन भएका छन्। अन्य सदस्यसहित १३ सदस्यीय समिति गठन गरिएको हो। भेलामा थाहामा पछिल्लो समय देखिएका विकृति, विसंगति, सामाजिक बेथिति र विकास अभावका विषयमा छलफल गरिएको थियो।

सहभागीहरूले यस ‘थाहा सेवा समाज ’समूहलाई विधिवत र संस्थागत रूपमा अगाडि बढाउँदै दीर्घकालीन सामाजिक प्रभाव पार्ने कार्ययोजनाको खाका प्रस्तुत गरेका थिए। ‘थाहा सेवा समाज’ ले यस अघि पनि कोभिड–१९ महामारीको कठिन समयमा अत्यावश्यक खाद्यान्न वितरण, स्वास्थ्य सामग्री सहयोग, जनचेतना अभियान तथा संकटमा परेका परिवारलाई सहयोग गरेर सशक्त सामाजिक भूमिका निर्वाह गरेको थियो। साथै अन्य विभिन्न सामाजिक कार्यहरूमा अग्रणी भूमिका खेलिसकेको स्मरण गराउँदै, अबको यात्रालाई संगठित, उद्देश्यमुखी र प्रभावकारी बनाउने अठोट व्यक्त गरिएको छ।

थाहामा भइरहेका राम्रा र नराम्रा गतिविधिहरूको खबरदारी, जनचेतना, सकारात्मक र सामाजिक उत्तरदायित्व बहन गर्नका लागि यो समूह गठन गरिएको जनाएको छ। ‘हामी परिवर्तन चाहने मात्र होइन, परिवर्तन सम्भव बनाउने पुस्ता हौं। थाहामा जे–जस्ता विकृति छन्, त्यसको खबरदारी गर्दै राम्रा कामको प्रवर्द्धनमा लाग्नेछौं’ भेलामा सहभागी युवाहरूको साझा धारणा थियो। थाहा सेवा समाजले अबदेखि थाहा नगरमा हुने शिक्षा, स्वास्थ्य, वातावरण, लैङ्गिक समानता, युवा नेतृत्व विकास लगायतका क्षेत्रमा सक्रिय भूमिका खेल्ने र सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने जनाएको छ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *