कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण

थाहा, थाहा नगरपालिका वडा नम्वर ३ मा रहेको शुभारम्भ कृषक सहकारी संस्थाले शनिबार एक कार्यक्रम बीच सदस्य कृषकहरुलाई अनुदानमा कृषि यन्त्र बितरण गरेको छ ।

ADVERTISEMENT

कृषि विकास निर्देशनालय बागमती प्रदेशको व्यावसायिक तरकारी खेती प्रवद्र्धन कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र चितवनसंगको सहकार्यमा ५० प्रतिशत अनुदानमा मिनि टिलर १० थान, सिंचाईको लागि पानी तान्ने सर्मसियल मोटर ६ थान, सिचाइ उपकरण, तौल काँटा ७ थान स्प्रेयर पम्प १८ थान, गार्डेन पाईप ७५ केजी, ६/१२ को टनेल प्लाष्टिक ८ थान, तरकारीको बिउ लगायत जैविक बिषादि बितरण गरिएको सहकारीका अध्यक्ष बिक्रम बिष्टले बताए ।

कृषकहरुलाई कृषि कार्यमा सहजता उत्पन्न गर्नकोलागि र उत्पादनमा बृद्धि गर्न कृषियन्त्र उपकरणले सहयोग पु¥याउने भएकोले कृषि ज्ञान केन्द्र चितवनसंग कार्यक्रम माग गरी कृषकहरुलाई बितरण गरिएको अध्यक्ष बिष्टले बताए ।
कृषि सामाग्री वितरण कार्यक्रम थाहा नगरपालिकाका नगरप्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यता भउको कार्यक्रममा निवर्तमान नगरप्रमुख लवशेर बिष्ट, वडा अध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वडा सदस्य कृष्णकुमार कार्की, कृषि प्राविधिक रोहिणी स्याङ्तानको उपस्थिति रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *