हाजिरीजवाफ प्रतियोगितामा जीएस निकेतन प्रथम

हेटौंडा, हेटौंडा एकेडेमी आवासिय माध्यमिक विद्यालयको रजत जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत बुधबार हाजिरजवाफ प्रतियोगिता भएको थियो । रुपचन्द्र विष्ट ‘थाहा’ स्मृति अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियोगितामा जीएस निकतेन विद्यालय प्रथम भएको छ ।

ADVERTISEMENT

११ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय द्वितीय र जनप्रिय माध्यमिक विद्यालय तृतीय हुन सफल भएको कार्यक्रम संयोजक सुदर्शन ढकालले जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तेस्रो हुने विद्यालयलाई क्रमशः नगद १० हजार, ८ हजार र ५ हजार रुपैयाँ प्रदान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ सञ्चारकर्मी तथा मोडल भूषण दाहालको प्रमुख आतिथ्यता रहेको थियो । संचारकर्मी पवनराज पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

पुस्तक पढ्ने संस्कृति प्रवर्धन गर्ने उद्देश्यले बुधबारबाट विद्यालयको प्राङ्गणमा विभिन्न पुस्तकहरु प्रदर्शनीमा राखिएको कार्यक्रम संयोजक समिर ढकालले जानकारी दिए । उनका अनुसार फागुन ६ गतेसम्म विद्यालयको प्राङ्गणमा पुस्तक प्रदर्शनी राखिने छ। विद्यालयको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत फागुन ३ गते हेटौंडा एकेडेमी सिङ्गीङ स्टार कार्यक्रम हुनेछ । राष्ट्रिय गायक आनन्द कार्कीको प्रमुख आतिथ्यतामा हेटौंडा एकेडेमी सिङ्गीङ स्टार कार्यक्रम हुनेछ ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya