हेटौँडा, हेटौंडा उपमहानगरपालिका–४ नम्वर वडा स्तरीय निबन्ध लेखन प्रतियोगितामा नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत छात्र प्रशील आचार्य प्रथम भएका छन् । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको तेस्रो खेलकुद महोत्सव अन्तर्गत निबन्ध लेखन प्रतियोगिता भएको हो ।
शैक्षिक गुणस्तर सुधार समिति हेटौँडा–४ को व्यवस्थापन तथा तथा सत्यम् जेभियर्स अङ्ग्रेजी माध्यमिक विद्यालयको सह व्यवस्थापनमा भएको प्रतियोगितामा सत्यम् जेभियर्स माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा साजिता केशी द्वितीय तथा कक्षा ८ की छात्रा कञ्चन लामा तृतीय भएका छन्। सत्यम् जेभियर्स अङ्ग्रेजी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता आचार्य पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का कार्यालय सचिव रामप्रसाद गुरागाईंको प्रमुख अतिथि रहेका थिए ।
शैक्षिक गुणस्तर सुधार समितिका संयोजक तथा श्रमिक माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रीराम दाहाल, सत्यम् जेभियर्स माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीप्रसाद पुडासैनी, भूटनदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक सूर्य घिमिरेलगायतको आतिथ्य रहेको थियो ।






