मकवानपुरमा लोडर दुर्घटनामा एक जना घाइते

हेटौँडा,, इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेस्थित सिस्नेरी–काठमाडौं सडकखण्डमा सोमबार दिउँसो भएको लोडर दुर्घटनामा एक जना लोडर चालक घाइते भएका छन्।

ADVERTISEMENT

खानीखेतबाट फास्ट ट्रयाकतर्फ जाँदै गरेको बा प्र ०३–००४ क ४४६३ नम्बरको ह्विल लोडरको ब्रेक फेल भई सडकको बाँया भित्तामा ठोक्किँएपछि करिब ८० मिटर तल खसेको मकवानपुर ले जनाएको छ ।

दुर्घटनाको समयमा लोडरमा दुई जना सवार थिए। तीमध्ये एक जना हाम फालेर सकुशल रहेका छन् भने चालक महोत्तरी टुटेश्वर नगरपालिका–५ बर्दिबास निवासी करिब ३१ वर्षीय असोर कुमार महत घाइते भएका हुन् ।
प्रहरी चौकी सिस्नेरीबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्दार गरी उपचारको लागि अस्पताल तर्फ पठाएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *