बागमतीमा ६ हजार ८९५ परिवारको स्वास्थ्य बिमा

हेटौंडा, बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा साढे ६ हजार भन्दा बढी परिवारको स्वास्थ्य बिमा गरिदिएको छ ।
प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आवमा ६ हजार ८ सय ९५ लक्षित परिवारको स्वास्थ्य बिमा गरेको हो । मन्त्रालयले दुई करोड ३४ लाख १५ हजार ९ सय ५० रुपैयाँ प्रिमियम भुक्तानी दिएको हो ।

प्रदेश सरकारले प्रदेशका १३ वटै जिल्लाका सीमान्तकृत, लोपोन्मुख, आश्रममा आश्रित, अपांग र स्वास्थ्य स्वयमसेविकाको बिमा बापतको प्रिमियम भुक्तानी गरिदिएको हो ।

मन्त्रालयको तथ्याङ्क अनुसार, प्रदेशको १३ वटै जिल्लामध्ये सबैभन्दा बढी चितवनमा भुक्तानी भएको पाइएको छ । यस्तै, महिला स्वास्थ्य स्वयंसेविका १ सय ४, अपांगता ३ सय ७७ र अति सीमान्तकृत १ हजार १ सय २२ गरी १ हजार ६ सय ३ परिवारलाई ५८ लाख ३८ हजार भुक्तानी गरेको मन्त्रालयको तथ्याड्ढमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button