हेटौंडा दुग्ध वितरण आयोजनाको घ्यू र बटरमा चाडपर्व सहुलियत

हेटौंडा, हेटौंडा दुग्ध वितरण आयोजना (डिडिसी)ले चाडपर्व लक्षित अन्तर्गत ग्राहकवर्गलाई घ्यू र टेबल बटरमा छुट प्रदान गरेको छ । असोज १४ गतेदेखि मंसिर ४ गतेसम्म चाडपर्व लक्षित सहुलियत कार्यक्रम सञ्चालन हुने डिडिसी हेटौंडाका प्रमुख नवीनकिशोर शर्माले जानकारी दिए ।

ADVERTISEMENT

शाहका अनुसार २ सय ५० ग्रामको टेबल बटर ४ सय रुपैयाँ विक्री गर्दै आइरहेकोमा आयोजनाले अहिले ३ सय ५० रुपैयाँ विक्री गरिरहेको छ । त्यसैगरी १ सय ६५ रुपैयाँ पर्ने १०० ग्रामको टबेल बटल अहिले १ सय ५० रुपैयाँमा विक्री गरिरहेका छौँ । आयोजनाको कारखाना परिसरबाट ग्राहकवर्गलाई छुट प्रदान गरिरहेको उनले बताए ।

यसैगरी बट्टा घ्यू १२ सय ५० मा विक्री गरिरहेकोमा अहिले १२ सय ३० रुपैयाँमा विक्री गरेको कार्यालयले जनाएको छ । आधा लिटरको बट्टा घ्यू ६ सय २५ मा विक्री गर्दै आइरहेको आयोजनाले ६ सय १५ रुपैयामा विक्री गरिरहेको उनले जानकारी दिए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya