चौलागाईको घरमा आगलागी

हेटौंडा, हेटौडा उपमहानगरपालिका वडा नम्बर–६ रामनगर स्थित एक घरमा आगलागी भएको छ । स्थानीय ६८ वर्षिय आत्मलाल चौलागाईको घरमा आगोलागी भएको हो । उनको सिमेन्ट, काठ, र टायलले बनेको २ तले कच्चि घर र सगैं जोडिएको गोठमा बिजुलीको तार सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए ।

ADVERTISEMENT

दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । यसैगरी सोही घर नजिकै पश्चिम पट्टी रहेको निजको भाई लिला नाथ चौलागाईको ३ तले पक्की घरको सिसा आगोको तापले फुट्न गई स्थानीय ३५ को प्रकाश चौलागाई टाउकोमा चोट लागी सामान्य घाईते भई स्थानिय मेडिकलमा उपचार गाराई घर तर्फ गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *