हेटौंडा, पालुङ जेसीज वर्ष २०२४ को लागि अध्यक्ष पदमा अध्यक्ष पदका लागि निरज रायमाझी र माधब कार्कीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन आयुक्त जयराम खत्रीको अनुसार १ अध्यक्ष पदका लागि २ जनाको उम्मेदवारी परेको छ । त्यस्तै २ कार्यकारिणी उपाध्यक्ष पदका लागि २ जनाको र ४ उपाध्यक्ष पदका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
रायमाझी बर्तमान कार्यसमितिको कानुनी सल्लाहकार र कार्की कोषाध्यक्ष पदमा छन् । कार्यकारिणी उपाध्यक्ष पदको लागि नारायण तामाङ र मान सिं दोङको र उपाध्यक्ष पदको लागि स्मिता बिष्ट, बिराज थापा, नारायण कार्की र बिस्मिता गोपालीको उम्मेदवारी परेको निर्वाचन आयुक्त खत्रीले जानकारी दिए ।
निर्वाचन आयुक्तको कार्यलयले प्रकाशन गरेको सूचना अनुसार उम्मेदवारी फिर्ताको समय पौष ११ गते बिहान ९स्०० बजेसम्म रहेको र उम्मेदवारको अन्तिम नामावली सोहिदिन बिहान १०: ०० बजे प्रकाशन हुने महासचिव सन्जय गोपालीले बताए ।
साथै पौष ११ गते ११: ०० बजेदेखि उम्मेदवार तालिम र पौष १२ गते १: ०० बजेदेखि उम्मेदवारहरुको अन्तरवार्ता कार्यक्रम रहेको छ ।
पौष १३ गते ककस पछि निर्वाचनको कार्यक्रम रहेको निर्वाचन आयुक्तको कार्यालयले जनाएको छ ।






