‘सडक विस्तार गरी मुआब्जा दिन माग’

हेटौंडा,यसअघि नेकपा माले मकवानपुरको प्रमुख पदमा रहँदा विभिन्न समसामयिक बिषयमा आफ्नो धारणा सार्वजनिक गर्दै आएका नेपाली कांग्रेस मकवानपुर सचिव भीमसेन महतले बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै हेटौंडा बजार विस्तार हुनुपर्ने र उचित मुआब्जा दिनुपर्ने बताएका छन् ।

ADVERTISEMENT

पत्रकार सम्मेलनमा भीमसेन महत ।

१६ मिटर सडक विस्तार, हेटौंडालाई मानव बस्ती घोषणा र बाइपास सडक निर्माण लगायतका सबै कुरा भ्रमको खेती मात्र भएको उल्लेख गर्दै उनले ढिलोचाँडो सडक विस्तार हुने र कसैले रोक्न नसक्ने दावी गरेका हुन् । ‘सडक विस्तारको चर्चा चलेको २० औं बर्ष भैसकेको छ । महेन्द्र राजमार्ग विस्तारको चर्चा चल्ने, नापजाँच पनि गर्ने, सूचना जारी पनि गर्ने र पुनः रोकिने पनि २० औं पटक भैसकेको छ’, महतले भने, ‘समय समयमा हेटौंडालाई मानव बस्ती घोषणा गर्नुपर्ने, १६ मिटर मात्र सडक विस्तार गर्नुपर्ने बिषय पनि उठिरहेकै हो ।

महेन्द्र राजमार्गको क्षेत्रफल ५० मिटर हुने सडक ऐनले तोकेको छ, सडक विस्तार रोक्न ऐन संशोधन गर्नुपर्छ, ऐन अनुसार राजमार्गले छोएको धेरै ठाउँमा ५० मिटर सठक विस्तार भैसकेको छ, यसकारण पनि एउटै देशमा बस्ने नागरिकलाई ठाउँ अनुसार फरक कानून लागू हुने सम्भावना छैन ।’ विगतको समयमा सबभन्दा बढी स्थानीय सरकार चलाएको र जिल्लाबाट नेतृत्व गरेको पार्टीका नेता तथा प्रतिनिधिले बाइपासको बिषय चलाएको त बाइपास भने कहिल्यै नबनाएर दोहोरो चरित्र निर्वाह गरेको महतको आरोप छ । पहिले बाइपास सडक बनाउनुपर्ने र त्यसलाई महेन्द्र राजमार्ग कायम गर्नुपर्ने भन्दै उनले राजमार्गको नक्साङ्कन परिवर्तन भएको निवेदन र यसैलाई कायम गर्न एसियन हाइवेमा हाल्नुपर्ने उनको सुझाव छ । ऐनलाई कुल्चेर १४ वा १६ मिटर कायम गर्ने भन्ने कुरा हावादारी भएको उनको महतले बताए । ‘यत्तिका बर्ष बाइपास भनियो तर बाइपासको सडक गतिलो बनाउन सुरु समेत गरिएको छैन ।

ADVERTISEMENT

बाइपास सडकको नाममा अनावश्यक खर्च र भ्रमको खेति मात्र भैरहेको छ’, उनले थपे, ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत ‘मिसगाइडेड’ गरिएको छ ।’ सडक विस्तारको बिषयमा सरोकारवालालाई सही जानकारी दिन जरुरी ठानेर आफूले पत्रकार सम्मेलनको आयोजना गरेको उनले बताए । पत्रकार सम्मेलन पार्टीको सचिवको हैसियतमा नभई व्यक्तिगत भीमसेन महतले आयोजना गरेको उनको भनाई थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya