पुनः भर्ना शुल्क नलिन उपमहानगरपालिकाको आग्रह

हेटौंडा, हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले विद्यार्थी भर्ना अभियानको नाममा पुनः भर्ना शुल्क नलिन सम्पूर्ण निजी तथा सरकारी विद्यालयलाई आग्रह गरेको छ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सीताराम कोइरालाद्धारा जारी गरेको सूचनामा ‘हेटौंडा उपमहानगरपालिका शिक्षा ऐन, २०७४ को दफा २८ को उपदफा ५ मा विद्यालयले विद्यार्थीलाई कुनै कक्षामा भर्ना गर्दा एकपटक भर्ना शुल्क लिइसकेपछि पुनः सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्नका लागि कुनै किसिमको शुल्क लिन पाउने छैन भन्ने प्रावधान रहेकाले यस प्रावधान र अन्य प्रचलित कानुन विपरीत हुने गरी भर्ना शुल्क नलिन सबै विद्यालयलाई सूचित गरिन्छ ।’

शिक्षा नियमावली अनुसार कुनै एउटा कक्षामा शुल्क लिई भर्ना गरिसकेपछि अर्को कक्षाहरुमा पुनः भर्ना शुल्क नलिन भन्दै उपमहानगरपालिकाले नियमावली विपरित जानेलाई कारवाही गर्ने कोइरालाले बताए । उपमहानगरपलिकाले संस्थागत विद्यालयको भर्ना तथा शुल्क निर्धारण वर्गीकरणको लागि निर्देशिका बनाएर जाने कोइरालाले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *