हेटौंडामा टिभिएसको विशेष एक्सचेञ्ज म्यानिया सञ्चालन हुने

हेटौंडा, टिभिएसको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रा.लि.ले हेटौंडामा टिभिएसको विशेष एक्सचेञ्ज म्यानिया सञ्चालन गर्ने भएको छ । हेटौंडाको रानी दरबार अगाडि रहेको टिभिएसको आधिकारिक सर्भिस सेन्टर हेटौंडा अटो मार्टमा हेटौंडाको आयोजनामा कफीबार अगाडि विशेष एक्सचेञ्ज म्यानिया हुने हेटौंडा अटो मार्टका सञ्चालक प्रवेशराज बरुवालले बताए ।

ADVERTISEMENT

एक्सचेञ्ज म्यानिया भदौ ८ देखि १३ गतेसम्म ६ दिन संचालन हुने संचालक बरुवालले बताए । उनले एक्सचेञ्ज म्यानियामा जुनसुकै पुरानो मोटरसाइकलको कम्तिमा ३० हजार मुल्यांकनसहित १० हजार थप मुल्यांकन गरिने बताए । मोटरसाइकल तथा स्कुटर खरिदमा कम्तीमा ८ हजार छुटका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी सुबिधा रहेको हेटौंडा अटो मार्टले जनाएको छ । विशेष एक्सचेञ्ज म्यानिया कार्यक्रम अन्तरगत मोटरसाईकल वा स्कुटर खरिद गर्नेलाई हेलमेट, बाईक कभर निशुल्क उपलब्ध गराईनुका साथै सवारी साधनको लाईफटाईम वारेन्टीको ब्यवस्था रहेका हेटौंडा अटोमार्टका अर्का सञ्चालक कञ्चन बुढमथोकीले बताए ।

टिभिएसका नयाँ मोडल उपलब्ध टिभिएसको विशेष एक्सचेञ्ज म्यानिया कार्यक्रममा केही नया मोडलहरु समेत सार्वजनिक हुदैंछन् । जस अन्तरगत रोनिन अनलिमिटेड मोर्डन, मिडनाईट ब्लु रंगको मोटरसाईकलको बुकिङ खुल्ला गरेको छ । जसको मूल्य ४ लाख ५९ हजार ९०० रहेको हेटौंडा अटोमार्टले जनाएको छ । यसैगरी एन्ट्रक स्कुटर दुई नयाँ रंगमा उपलब्ध रहेको अटोमार्टले जनाएको छ । फिरोजी निलो (समुन्द्री निलो) र नार्डो खैरो रंगमा उपलब्ध स्कुटरको मूल्य २ लाख ८२ हजार ९०० रहेको छ ।

त्यस्तै ६० किलोमिछर माईलेज भएको जुपिटर ११० सिसिको स्कुटर पनि एक्सचेन्ज क्याम्पमै उपलब्ध हुने अटो मार्टले जनाएको छ । जसको मूल्य रु. २ लाख ५७ हजार ९०० रुपैया रहेको टिभिएसले जनाएको छ । टिभिएसले ग्राहकहरूको सहजताको लागि नागरिकताको प्रमाणपत्र र लाइसेन्सको आधारमा सरल किस्ताबन्दी सुविधा समेत उपलब्ध गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya